लोक सेवा आयोगले शाखा अधिकृतको नतिजा प्रकाशन नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।
उनीहरूले शाखा अधिकृतको नतिजा प्रकाशन गर्न माग गर्दैै बिहीबार काठमाडौंको पुतलीसडक, बागबजार हुँदै आयोगको कार्यालय कमलपोखरीमा प्रदर्शन गरेका हुन् ।
नजित प्रकाशनमा ढिलाई गरेको भन्दै उनीहरूले आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको राजीनामा माग गरेका छन् ।
सो क्रममा उनीहरूले ‘हाम्रो नजिता प्रकाशित गर’, बन्द खामभित्रको हाम्रो भविष्य खुल्ला गर’, ‘असक्षम अध्यक्ष राजीनामा दे’, ‘अध्यक्षलाई मान्दैनौं’, लोकसेवा आयोगको गरिमा कायम गर’लगायतका नारा लगाए ।
आन्दोलनरत विद्यार्थी लोक सेवा आयोगले लिएको शाखा अधिकृतको सबै चरणका परीक्षा पास गरेर नतिजा पर्खिरहका हुन् ।
लोक सेवा आयोगले २०७६ र २०७७ सालमा गरेको विज्ञापनको अहिलेसम्म नतिजा प्रकाशन गरेको छैन । प्रदेश र स्थानीय तहमा समायोजन भएका शाखा अधिकृतले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले तत्काल नतिजा प्रकाशन नगर्न भनी दिएको अन्तरिम आदेशका कारण नतिजा प्रकाशन गर्न नसकेको लोकसेवा आयोगको भनाइ छ ।