प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ ।
प्रधानमन्त्री देउवा पुस २५ गते गुजरातको गान्धीनगरमा हुन ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कार्यक्रममा सहभागी हुन भारत जाने तयारी थियो । तर, कोरोना संममणका कारण कार्यक्रम स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द गरिएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।
प्रधानमन्त्री देउवा आउँदो आइतबार काठमाडौंबाट सिधै गुजरात जाने र सम्मेलनका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम तय भएको थियो ।
आउँदो सोमबार र मङ्गलबार हुने समिटमा पाँच देशका राष्ट्रपति वा प्रधानमन्त्रीका साथै १५ देशका विदेशमन्त्रीसहित उद्योगी, व्यवसायी र बैंकर्सहरू आउने सुनिश्चित भइसकेको थियो ।