बाराको कलैया उपमहानगरपालिकामा एकदिनमै करिब ७ हजार बिधार्थीहरुले कोरोना बिरुद्धको खोप लिएका छन् ।
नगरका २७ वटै वडामा शुरु गरिएको खोप अभियानमा १२ देखि १८ बर्ष उमेरका बिधार्र्थीरुलाई मोडर्ना खोप दिईएको हो ।
नगरपालिकाको स्यास्थ्य शाखाका अनुसार बिहिवार देखि शुरु गरिएको तिनदिने खोप अभियानमा एकदिनमै ६ हजार ७ सय ९९ जना बिधार्थीहरुले खोप लिएका हुन् ।
यसअघि पनी नगरपालिकाले शुरु गरेको अभियानमा छुटेका तथा एक डोज खोप लिईसकेका बिधार्थीहरुलाई खोप दिईएको स्वास्थ्य शाखाका अजय जयसवालले जनाए । अभियानलाई पुष २३ गतेसम्म सञ्चानलमा राखिने जयसवालले बताए ।
कलैयाका अन्य सबै उमेरका नागरिकको सुबिधालाई मध्यनजर गर्दै भेरोसेल खोपको पहिलो डोज नलिएका तथा दोश्रो डोज लिनेहरुको लागि २७ वटै वडा लगायत उपमाहनगरपालिकाको प्रायंगनमा समेत खोप लिन सकिने व्यवस्था मिलाईएको जयसवालले जनाए । त्यसका लागी पुष २१ देखी ३० सम्म अभियान सञ्चालन गरिएको उनले बताए ।