नेकपा (एमाले)अध्यक्ष केपी ओलीले शक्तिशाली सरकार बनाउन आफ्नोपार्टी चुनावको प्रतिक्षामा रहेको बताएका छन् ।
शुक्रबार पार्टीका ६१ जिल्ला अधिवेशनको संयुक्त रूपमा भर्चुअलमार्फत उद्घाटन गर्दै ओलीले एमालेसँग जनताको साथ रहेकाले आगागी निर्वाचनमा पहिलो राजनीतिक दल बनेर सरकार बनाउने बताए ।
‘हामीलाई जनताको कवच प्राप्त छ’, उनले भने, ‘हामी चुनावको प्रतिक्षामा छौँ । त्यसपछि हामी शक्तिशाली भएर सरकार बनाउने छौँ ।’
एमाले अध्यक्ष ओलीले राष्ट्रिय सभा चुनावको परिणाम आफूहरूका लागि प्रतिकूल आउनसक्ने बताए । राष्ट्रिय सभा चुनावमा अहिलेको जनमत प्रतिनिधित्व नहुने भन्दै उनले अगाडि भने, ‘राष्ट्रिय सभा चुनावको परिणाम हाम्रा निम्ति प्रतिकूल आउन सक्छ । त्यो आजको जनमत होइन । त्यो यथार्थ जनमत होइन ।’
आजभन्दा ४ वर्षअघि व्यवस्थापनका नाममा विभिन्न पक्षमा सिट बाँडफाँड गरेकाले आफ्ना निम्ति अनुकूल नतिजा नआउने ओलीले बताए ।
ओलीले आगामी चुनावमा गठनबन्धन नगर्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचन एमालेमाथिको प्रहारको अन्तिम किस्ता हुने भन्दै उनले आगामी चुनावमा कसैसँग गठबन्धन नगर्ने बताए ।