बिगत एक सातादेखी जारी जनमत पार्टीको किसान आन्दोलन आजपनी तराई–मधेशको जिल्लाहरुमा जारी छ ।
मलखाद्दको व्यवस्थापन, किसान कार्ड, सहुलियत ऋण लगायतको १२ सुत्रिय माग राखी आन्दोलनरत जनमत पार्टीले आज पुर्वको मोरंग देखी पश्चिमको कैलालीसम्म आन्दोलन जारी राखेको छ ।
आज जनमत पार्टीका कार्यकर्ताहरुले मोरंग, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, रुपन्देही, कैलाली लगायतको जिल्लाहरुमा आन्दोलन तथा जनप्रदर्शन जारी राखेका हुन् ।
कृषि गर्ने समयमा मलखाद्द तथा बिउबिजनको व्यवस्था नहुँदा किसानहरुलाई वर्षेनी समस्याको सामना गर्नुपरेको हुनाले त्यसको समाधानका लागी जनमत पार्टीले आन्दोलन थालेको बताई आएकोछ ।
जनमतले आन्दोलन थालेको एकसाता भन्दा बढी समय बित्दा समेत केन्द्र तथा प्रदेश सरकारहरुले कुनै प्रतिक्रिया जनाएका छैनन् ।
आन्दोलनरत पक्षसंग वार्ताको कुरा त पर, उनिहरुको समस्या के हो भने कुराको खोजि समेत नगरेको सरकारप्रती आन्दोलनकारीहरु झन रिसाएका छन् ।
सिराहाको एक पालिकाबाट किसानलाई वितरण गर्न ल्याईएको मल बितरण नगरेर जमाखोरी गरिरहेको अवस्थामा स्थानिय किसानहरुले खोसेर लगेपछी आन्दोलन शुरु भएको हो ।
किसानहरुमाथी स्थानिय प्रसासनले मुद्दा लगाएर थुनेपछी उनिहरु आन्दोलित भएका हुन् । हाल उनिहरुलाई सरकारले रिहा गरेपनी मलखाद्द व्यवस्थापनको समस्या समाधान नगर्दा किसान आन्दोलित छन् ।