नेपालमा कोरोना सङ्क्रमण दर ह्वात्तै बढेको छ ।
शुक्रबार मात्रै करिब १५ हजार नमुना परीक्षण गर्दा ९६८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
बिहीबार देशभरि ५४० जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि दैनिक २ सयको हाराहारीमा संक्रमण देखिने गरेको थियो ।
शुक्रबार नै २४ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समेत पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गएको २४ घण्टामा २६२ जना निको भएका छन् । हालसम्म ९७.९ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
शुक्रबार कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या शून्य छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार २०६ जनाको मृत्यु भएको छ ।
हाल देशभर ५ हजार ७४१ सक्रिय सङ्क्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा २८४, ललितपुरमा ६२, मोरङमा २९, भक्तपुरमा २३, चितवनमा २०, दाङमा १५, कास्कीमा १३, धनुषामा १०, सुनसरीमा ९, काभ्रे र कैलालीमा ८–८ जनामा संक्रमण पुष्टि भएको छ ।