सुदूरपश्चिममा शनिवार थप एक सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सो संख्यामा कोरोना संक्रमण देखिएको हो ।
भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ।आज मात्रै भारबाट स्वदेश फर्केका १२५ जनामासंक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७८ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४५ ,भलुलाघाट बैतडी नाकाबाट स्वादेश फर्किका ३ जनामा संक्रमण पुष्टि भएको हो। हिजो शुक्रवार एक सय ५८ जनामा कोरोना संक्रमण फेला परेको थियो ।