संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दुई महिना भित्र सञ्चालनमा आउने दाबी गरेका छन् ।
बुटवलमा होटल व्यवसायी महासंघ, नेपालको ९ औं वार्षिक साधारणसभा उद्घाटनमा पर्यटनमन्त्री आलेले विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान)का लागि तयारीमा रहेको बताए। उनले लुम्बिनी गुरुयोजनाको काम ८१ प्रतिशत सम्पन्न भएको दाबी गरे ।
कार्यक्रममा व्यवसायीहरुले पर्यटन तथा होटल क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार अग्रसर हुनुपर्ने बताएका छन् ।