कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।
काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।
कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ । तीनै प्रशासनको बैठकले भीडभाड हुने क्षेत्रमा रोक लगाउने तयारी छ ।