जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) को प्रमुख सचेतकहरुमा दलबदलेर आएका सांसदहरुलाई नियुक्त गरिएको छ ।
तत्कालिन जसपाबाट अलग भएर बनेको लोसपा संसदिय दलको प्रमुख सचेतकमा धनुषाबाट प्रत्यक्ष निर्वाचित सांसद उमाशंकर अरगरियालाई नियुक्त गरिएको छ । त्यस्तै जसपाको प्रमुख सचेतक सार्लाहीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रमोद साहलाई बनाईएको छ ।
जनता समाजवादी पार्टी बन्नुअघी तत्कालिन राजपाबाट निर्वाचित सांसद साहले पार्टी बिभाजनको बेला मन्त्री बन्ने लोभमा मातृ पार्टी छोडेर उपेन्द्र यादवको पक्षमा सनाखत गरेका थिए ।
मन्त्री बनाउने आस्वासन दिएर निर्वाचन आयोगमा सनाखत गर्न लोभ्याएका जसपा अध्यक्ष उपेन्द्र यादवले अन्तिम समयमा सांसद साहलाई धोखा दिएर सर्लाहीकै महेन्द्र यादवलाई मन्त्री बनाएका थिए ।
मन्त्री नबनाएपछी पार्टी अध्यक्ष उपेन्द्रप्रती आक्रोसित भएका साहलाई प्रदेश सांसद समेत रहेकी उनकी पत्नीलाई प्रदेश २ मा मन्त्री बनाउने उपेन्द्रको थप लोभले उनि सिथिल भएका थिए । तर उनकी श्रीमतीलाई समेत मन्त्री नबनाउँदा पानिबिनाको माछा भएका साहलाई प्रमुख सचेतक बनाएर उपेन्द्रले शान्त पारेका छन् ।
यता जसपाबाट लोसपा अलग हुँदो उपेन्द्र यादवको साथ छाडेर महन्थ ठाकुरलाई साथ दिएका सांसद उमाशंकर अरगरियालाई लोसपाले प्रमुख सचेतक बनाएर आफ्नो वाचा पुरा गरेको छ ।
तत्कालिन उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा चुनाव जितेका अरगरियाले उपेन्द्रको तानासाही प्रवृत्तिको बिरोध गर्दै महन्थ ठाकुर समुहलाई सहयोग गरेका थिए ।
जसपाको प्रमुख सचेतक समेत रहेका अरगरियालाई लोसपाले समेत सोही ओहदा दिएको बुझिएको छ । यथापी अरगरियाको नियुक्तिबारे लोसपाको आधिकारीक जानकारी आएको छैन् ।