बिभागिय मन्त्री नहुँदा स्वयम प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालिरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट सुपारी आयात खुलाउन काँग्रेसकै उधोगपती नेताले दबाव दिईरहेको समाचार प्राप्त भएको छ ।
नेपाली काँग्रेसबाट संबिधानसभा सदस्य भईसकेका पर्साका उधोगपती अनिल रुंगटा र प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुराका पुर्व प्रशासक रामचन्द्र भट्टले ठुलो आर्थिक चलखेल गरी सुपारी आयात खुलाउन दबाव दिईरहेको बुझिएको छ ।
केही निश्चित व्यापारीहरुलाई फाईदा हुनेगरी अघिल्लो सरकारले प्रतिबन्ध लगाएको सुपारी आयत खुलाएर भारततर्फ तस्करी गराउन नेताहरुको दबाव प्रेरीत रहेको बुभिएको हो ।
काठमाडौंबाट सञ्चालित एक निजि राष्ट्रीय अनलाईका अनुसार सरकारले परिणात्मक बन्देज लगाएको सुपारी आयात खुलाउन ४० देखी ५० करोडसम्मको डिलिंग भईरहेको छ । सोको प्रस्ताव मन्त्रिपरिषदसम्म पुगिसकेको समेत बुझिएको छ ।
बिगतमा नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर तस्करी गर्नेगरेको तथ्य बाहिरिएपछी अघिल्लो सरकारले सुपारीको आयातमा बन्देज लगाएको थियो ।
इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुने सुपारी सहज रुपमा भारततिर तस्करी हुने गरेको छ । भारतमा महंगो हुने भएकोले नेपालबाटै तस्करी गराई त्यहाँका सुर्तिजन्य उधोगहरुले व्यापार गर्नेगरेका छन् ।
नेपालमै भापा, मोरंगतिर हुने सुपारी खेताबाट ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर आयात खुलाउनुको मुख्य उद्देश्य यसको तस्करी गर्नुनै रहेको बुझिन्छ ।
नेपालका केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए ।
नेपालमा सुपारी तस्करी गराउने भैरहवाका केही उधोगपतीहरुको मुख्य हाँत हुनेगरेको खबर हाम्रो श्रोत अनलाईनले प्रकाशित गरेको छ ।