नेकपा एमालेको जारी जिल्ला अधिवेशनबाट हालसम्म २८ जिल्लाका अध्यक्ष चुनिएका छन् ।
हाल जारी ६३ जिल्लाको अधिवेशन प्रक्रियामा २८ जिल्लाका अध्यक्ष चुनिएका हुन् ।
एमाले श्रोतका अनुसार २६ जिल्लामा सर्वसम्मतीले तथा कपिलबस्तु र नवलपराशी पश्चिममा भने चुनावी पक्रियाबाट अध्यक्ष चुनिएका हुन् ।
हालसम्म जिल्ला अध्यक्ष चुनिएकाहरुको नामावली निम्नानुसारको रहेको छ ।
प्रदेश १
१ः झापा- दीपक कार्की
२ः मोरङ- ऋषिकेश पोखरेल
३: खोटाङ – रामप्रसाद दंगाल
४: धनकुटा – इन्द्रमणि पराजुली
५: तेह्रथुम- तेजमान कन्दङवा
प्रदेश २
१: सप्तरी- ताराकान्त चौधरी
वागमती
१ः धादिङ- भूमी त्रिपाठी
२ः काभ्रेपलाञ्चोक- अशोक ब्यान्जु
३ः भक्तपुर- बचन देउजा
४: रसुवा- कर्णेल तामाङ
५: रामेछाप – आनन्दकुमार श्रेष्ठ
६: नुवाकोट – बद्री मैनाली
७: मकवानपुर – एकलाल श्रेष्ठ
गण्डकी
१ः गोरखा- प्रेम गुरुङ
२: तनहु- श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१ः पाल्पा- धनेन्द्रराज घिमिरे
२ः गुल्मी- बालकृष्ण काउछा मगर
३ः अर्घाखाची- पिताम्बर भुसाल
४ः बाँके- किस्मत कुमार कक्षपती
५ः बर्दिया- लालबहादुर श्रेष्ठ
६ः दाङ- हुकुमबहादुर बस्नेत
७: रुपन्देही- तेजेन्द्र केसी
८. कपिलवस्तु- डम्मर शर्मा (निर्वाचित)
९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)
कर्णाली
१ः डोल्पा- शेरबहादुर बुढा
२ः सल्यान- गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
१ः मजदूर विशेष- जितेन्द्र श्रेष्ठ
२: पेशागत विशेष- उमेश ढकाल