पर्साको धोबिनी गाउँपालिका कार्यालयमा स्थानीयले प्रदर्शन गरेका छन् ।स्थानीय जनप्रतिनिधिहरूलाई पाखा लगाएर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत मिलेर लाखौँ रकम निकासा गरी व्यापक अनियमितता गरेको आरोप लगाउँदै प्रदर्शन गरिएको हो ।
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्
अधिकृत शाहले मनपरी किसिमले १ करोड रकम निकासा गरी खर्च गरेको जनप्रतिनिधिहरूको आरोप छ । गाउँ सभा सम्पन्न भएको दुई महिनाको समय अवधिमा हाकिम र लेखापाल रन्जन कर्णको मिलोमत्तोमा एक करोड खर्च गरी भ्रष्टाचार गरेको भन्दै छानबिन गरी कारबाहीको माग गर्दै जनप्रतिनीधिहरुले साहको विरुद्धमा नाराबाजी गरेको गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद कुर्मीले जानकारी गराए ।
प्रदर्शनकारीले अधिकृत साहको र लेखा अधिकृत कर्णको अफिसमा तालाबन्दीसमेत गरेका छन् । १० दिनदेखि पटक पटक सर्वपक्षीय बैठकमा हिसाबकिताब फर्छ्यौट गर्न बोलाउँदा पनि मोबाइल स्वीचअफ गरी भूमिगत रहेकोले उनीहरूले प्रदर्शन गर्दै उनलाई कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिन बाध्य भएको वडा अध्यक्षहरूले बताएका छन् । प्रदर्शन र अनियमितताको सम्बन्धीमा धोबिनीका प्रमुख प्रशासकीय अधिकृत शाहसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन् ।