नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक भनाइबारे नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत उनले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण रहेको भन्दै उनले मोदीको भनाइमा नेपाल सरकार किन मौन ? भनेर प्रश्न गरेका छन् ।
एमसिसी सम्झौताबारे देउवा–ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने भन्दै उनले यसलाई ‘लज्जास्पद चरित्रको संज्ञा दिएका छन् ।