पुर्वमन्त्री तथा जसपाबाट सांसद पद खारेज भएकी नेतृ सरिता गिरीले जसपा नेता तथा पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथी गम्भिर आरोप लगाएकि छिन् ।
नेत गिरीले घरमा छोरी एक्लै भएको बेला डा.भट्टराईले गुण्डा पठाएर आक्रमण गर्न लगाएको आरोप लगाएकी हुन् ।
सामाजिक सञ्जालमा आक्रोश पोख्दै गिरीले डा.भट्टराईलाई क्रुर अपराधि भएको समेत बताएकी छिन् । उनले भट्टभराईको बिकाशका कुरा नक्कली भएको समेत आरोप लगाएकी छिन् ।
‘तपाईं क्रुर अपराधी हुनु हुन्छ डा. भट्टराई’– उनले भनेकी छिन– ‘तपाईंले गरेका समृद्धि र विकास का कुरा नक्कली हुन । तपाईंले जनता लाई करको भार मात्र बोकाउनु भएको छ । जनताले बचत गर्नसकीरहेका छैनन् ।’
डा.भट्टराईले आप्mना गुण्डा घरमा पठाएर शान्ती शुरक्षामाथी प्रश्नवाचक चिन्ह खडागरेको भन्दै गिरीले ‘ पूर्व प्रधानमंत्री बाबुराम भट्टराई जब तपाईंले मेरो घरमा आफ्ना पाल्तु गुंडाहरु बाट आक्रमण गराउनु भयो, घरमा मेरी छोरी थिई ।
तपांईलाई थाहा छ त्यस्तो घटनाको ट्रामेटिक असर कस्तो हुन्छ ?’ भन्ने प्रश्न समेत गरेकि छिन् ।
डा.भड्डराईले पठाएको गुण्डा बिरुद्ध आफ्नी छोरीले बयान समेत दिएको तर उनिहरु ५ सय रुपया धरौटीमा छुटेको गिरिले लेखेकी छिन् ।