नेकपा एमाले पर्साको सचिवमा शिवजी गुप्ताले दाबी गरेका छन् ।
आगामी स्थानीय तहको निर्वाचनमा दुई तिहाई पालिकामा र प्रदेश र संघीय निर्वाचनका १२ वटै क्षेत्रमा विजयी बनाउने प्रतिवद्धताका साथ गुप्ताले नेकपा एमाले पर्साको सचिवमा दाबी गरेका छन् ।
झण्डै २५ वर्ष भन्दा लामो राजनीतिक यात्रामा अब जिम्मेवार तहमा पुगेर काम गर्ने आशा पलाएको हुँदा पार्टीलाई अझै सुदृढ र गतिशिल बनाउन जिल्ला अधिवेशनमा सचिवको उम्मेदवारी दिने उनले बताए ।
सचिवमा निर्वाचित भएमा विज्ञान र प्रविधिको युगलाई मध्यनजर गर्दै मोवाइल एपमार्फत जिल्लाका सम्पुर्ण सदस्यहरुसँग सम्पर्क विधिको थालनी गन, अग्रजको अनुभव र आशिर्वाद लिएर अनुजसँग हातेमालो गर्दै समकालीनसँग सहयात्रा गर्ने, पार्टीमा आवद्ध हुनेहरुलाई प्रशिक्षणसँगै नेता तथा कार्यकर्तालाई समेत क्षमता अभिवृद्धि र व्यक्तित्व विकास सम्बन्धी तालिमहरुको आयोजना गर्ने र प्रविधिको प्रयोग गरेर संगठित सदस्यहरुको रेकर्ड व्यवस्थित रुपमा राख्ने एजेण्डा उनले अघि सारेका छन् ।
अब भनेर भन्दा पनि गरेर देखाउन र गरेर देखाउनका लागि नै नेकपा एमाले पर्सा जिल्ला कमिटीमा आफू सचिवको दाबेदार रहेको गुप्ताले बताएका छन् ।
राजनीतिक यात्रा
– वि.स. २०५३ सालमा वीरगञ्जको नृसिँह नि.मा.वि मा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष ।
— वि.स. २०५७ सालमा अनेरास्ववियु बिसिसी क्याम्पस कमिटी सदस्य ।
— २०५९ सालमा अनेरास्ववियु ठाकुराम बहुमुखी क्याम्पसको बिबिएस कक्षा कमिटीको सदस्य ।
— २०६३ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको सदस्य ।
— २०६४ सालमा अनेरास्ववियु जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक ।
— २०६५ सालमा जिल्ला कमिटी सम्मेलनबाट अनेरास्ववियु अध्यक्ष ।
— २०६६ सालमा नारायणी अञ्चल कमिटीको उपाध्यक्ष ह।
— २०६७ सालमा अञ्चल कमिटीको अध्यक्ष ।
— २०६७ सालमा अनेरास्ववियुको २० औँ महाधिवेशन केन्द्रिय सदस्य ।
— २०६८ सालमा स्थानीय बिकास मन्त्री उर्मिला अर्यालको स्वकीय सचिव ।
— २०७० सालमा अनेरास्ववियु २१ औं महाधिवेशन केन्द्रिय सचिवालय सदस्य ।
— २०७३ सालमा राष्ट्रिय कबडी संघ नेपालको पर्सा जिल्ला अध्यक्ष ।
— २०७५ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य ।
— २०७७ सालमा भूमि सम्बन्धी समस्या समाधान आयोग पर्साको सदस्य ।
— हाल नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटीको उपमहासचिव ।