धनगढीमा सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि ट्रायल परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । सोमबार बिहान धनगढीको फाप्ला ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने दुईजना पक्राउ परेका हुन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका २ का दिपेन्द्र कुँवर र कञ्चनपुरको पुर्नवास नगरपालिका ३ का लक्ष्मण चौधरी पक्राउ परेका हुन् ।
उनीहरुलाई पक्राउ गरी यातायात व्यवस्था कार्यालय सेतिले आवस्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाएको थियो ।
नक्कली परीक्षार्थी बनेर मोटरसाइकल चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परीक्षा दिन आएका उनीहरुलाइ कानून बमोजिम कारबाही गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।