सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालयका अनुसार ५० जनाको पीसीआरमार्फत र १०९ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज एक हजार ६१७ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका १५९ जनामध्ये भारतबाट स्वदेश फर्केका ८८ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५१, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ३६ र जुलाघाट नाकाबाट फर्केका एकजनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर आज एक हजार ४३७ नेपाली स्वदेश फर्केका छन्।