बिउबिजन, मलखाद्द तथा किसानहरुलाई शुबिधाको माग गर्दै तराई–मधेशका किसान बिगत २ सातादेखी आन्दोलनरत छन् ।
किसानी गर्नेबेला मलको अभावका कारण कृषि उत्पादनमा प्रभाव परेको भन्दै किसानहरुले सरकारसंग सरल तरिकाले मलखाद्दको व्यवस्था गर्न भनिरहेका हुन् ।
किसानलाई साँथ दिदै जनमत पार्टीले समेत त्यसमा बल पुर्याको छ । जनमतले विभिन्न १२ वटा माग राखि आन्दोलन गरिरहेको छ ।
जनमतको आन्दोलनमा प्रहरीले दमन गरेपछी पार्टीले संघीय सरकारका मन्त्री सहभागि हरेका कार्यक्रममा अवरोध खडा गर्ने धम्की समेत दिईसकेको छ ।
जनमतको धम्की पछी संघीय सरकारका मन्त्रीहरु समेत भयभित भएको देखिन्छ । उनिहरुले तराई–मधेशको जिल्लाहरुमा कार्यक्रम गर्न समेत छोडेका छन् ।
आन्दोलनको मुख्य तगारोमा कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव छन् । स्वयम किसान भएर समेत किसान आन्दोलनमा उठेको माग सम्बोधन गर्न तदारुकता नदेखाएको भन्दै आनदोलकारीहरुले उनलाई टार्गेट बनाएका हुन् ।
उनै कृषिमन्त्री यादव सोमबार किसानबाटै लखेटिएका छन् । जनता समाजवादी पार्टीका नेता तथा पुर्वमन्त्री ईस्तियाक राईले बाँके जिल्लामा शुरु गरेका दाना उधोगको उदघाटन गर्न नेपालजञ्ज पुगेका यादवलाई त्यहाँका किसानहरुले लखेटेको जनमत पाटीैले जनाएको छ ।
गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव कार्यक्रममा सहभागि भईरहकै बेला किसान आन्दोलनकारीहरुले जनकारवाही गर्ने होहल्ला सुरु गरेपछीे कार्यक्रम बीचमै छोडेर उनि काठमाडौं फर्केका थिए ।
कार्यक्रममा तनाव उत्पन्न हुने भाव पाएर मन्त्री यादव नेपाल प्रहरी र सशस्त्र प्रहरीको शुरक्षा घेरामा कार्यक्रम स्थलको पछाडीको ढोका बाट भागेको किसानहरुले बताए ।