बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोना भाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् ।
राष्ट्रपतिको कार्यालयद्धारा जारी वक्तव्यमा सङ्क्रमित सवैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ ।
उनीहरु मध्ये मन्त्रीहरु सवैले कोरोना भाइरसविरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसकेका थिए भने उपराष्ट्रपति डेभिडले पहिलो खोप मात्रै लगाएका थिए ।
‘उहाँहरु सवैको अवस्था स्थिर र सामान्य नै रहेको छ र सवै जना आइसोलेसनमा बस्नुभएको छ’, वक्तव्यमा लेखिएको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म छ लाख ८६ हजार २३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
त्यसैगरी कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । रासस–सिन्ह्वा