नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको हो
त्यस्तै, आज कारोबार रकममा भने वृद्धि भएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ उपसमूहको सेयर बढेको छ भने बाँकी सबै उपसमूहहरुको उपसूचक घटेको हो ।
बैंकिङ २२, विकास बैंक १२२, फाइनान्स ५७, होटल तथा पर्यटन ७८, जलविद्युत ६, जीवन बीमा १८९, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६६ र अन्य उपसमूह ७६ अंकले घटे । व्यापार २०, उत्पादन ६ र लगानी उपसमूह २ अंकले बढे ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेका छन् ।
त्यस्तै, आज हिमालय उर्जा विकास कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।
आज यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको आज २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।