निर्वाचन आयोगले शुक्रबार सर्बदलीय बैठक आह्वान गरेको छ ।
आयोगका प्रबक्ता शालिग्राम शर्मा पौड्यालले दलहरुसँग परामर्श गर्नका लागि सर्वदलीय बैठक आयोजना गरिएको जानकारी दिए ।
बैठकमा मुख्य गरी तीन एजेन्डामा छलफल हुनेछ । सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभाको निर्वाचन र मतदाता नामावली संकलनका विषयमा छलफल हुने प्रवक्ता पौड्यालले जानकारी दिए ।
बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने सबै दललाई निमन्त्रण गरिएको उनले बताए ।