प्रहरीले बैतडीमा गाडिएको अवस्थामा एक व्यक्तिको शव फेला पारेको छ। जिल्लाको सुर्नया गाउँपालिका ६ स्थित धुलिधार जंगलमा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार एक व्यक्तिको शव १५ फिट गहिरो ओराढमा दवाएको अवस्थामा फेला परेको छ।शव स्थानीय डम्बर अवस्थीको हुन सक्ने प्रहरीले अनुमान छ । अवस्थी केही दिन अगाडी हराएका थिए ।
उनको हत्या आरोपमा प्रहरीले स्थानीय हरिश अवस्थीलाई नियन्त्रणमा लिएको छ । हरिष अवस्थीले एक साता अगाडी ६ जनाको समुहले आफुलाई अपहरण गरि बाकेको राप्ती नदि किनारमा पुर्याएको भन्दै फेसबुक स्टाटस लेखेका थिए ।हत्या गरिएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।