गृहमन्त्री बालकृष्ण खाणले सुनचाँदी व्यवसायमा देखिएका समस्या समाधान गर्न यससम्बन्धी निर्देशिका र कार्यविधि परिमार्जन गर्ने बताएका छन् ।
बुधबार गृह मन्त्रालयमा सुनचाँदी व्यवसायीसँगको छलफलमा मन्त्री खाँणले सुनचाँदी आयात र निर्यात, व्यवसायीको सुरक्षा र ओसारपसारमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको भन्दै आवश्यता अनुसार निर्देशिका र कार्यविधि परिमार्जन गर्न सम्बन्धीत मन्त्रालयसँग छलफल गर्ने बताएका हुन् ।
उनले सुनचाँदी नेपालको पुरानो व्यवसाय पनि भएको भन्दै यसलाई व्यवस्थीत गर्दै लैजाने धारणा राखे । मन्त्री खाणले नेपालमा निर्माण हुने गरगहनालाई बिदेशमा आकर्षित गर्न सके सुनचादी खरिद गर्दा बाहिरिएको धनराशी स्वदेशमा नै फर्कन सक्ने तर्क गरे ।