नेकपा एमालेको जारी जिल्ला अधिवेशको नतिजाहरु आईरहेका छन् । अध्यक्ष केपि ओलिले भर्चुअल माध्यमबाट उदघाटन गरेको अधिवेशनबाट हालसम्म ५० जिल्लाभन्दा बढिको नेतृत्व चयन भईसकेको छ ।
प्रदेश २ को बारा जिल्लामा समेत बुधवार अधिवेशन उदघाटनसत्र सम्पन्न भएको छ ।
एमाले महामन्त्री शंकर पोख्रेलले उदघाटन गरेको सत्रमा प्रदेश २ का अध्यक्ष रघुविर महासेठ, स्थायी कमिटि सदस्य प्रभु साह तथा ज्वाला कुमारी साह लगायतका सहभागि भएका छन् ।
जिल्लाको नेतृत्व चयन गर्न अहिले बन्दसत्र चलिरहेको छ । सदरमुकाम कलैयाको जानकी हलमा चलिरहेको बन्दसत्रमा जिल्ला अध्यक्ष लगायत पुरा कमिटि नै सवैसम्मतिले चयन गर्ने गृहकार्य भईरहेको एमाले बाराका उपाध्यक्ष तथा अध्यक्ष पदका मुख्य दावेदार बिनोद साहले जाएका छन् ।
अध्यक्ष पदमा साहसंगै अध्यानन्द पाण्डेय, रविन्द्र दास श्रेष्ठ तथा वर्तमानका अध्यक्ष देवनाराण चौधरीले दावेदारी पेश गरेका छन् ।
एमालेले सकेसम्म सर्वसम्मतीबाटै जिल्ला कार्यसमिति चयन गर्ने आदेश यसअघी नै दिईसकेको छ ।
नेकपा माओवादी केन्द्रबाट एमाले छिरेकी बारा जिल्लाकै नेतृ ज्वाला साहका अनुसार सम्भवतः सर्वसहमतीबाटै अध्यक्ष लगायतका पदाधिकारी चुनिने छ ।
प्रदेश २ को पुर्व अध्यक्ष तथा स्थायी कमिटि सदस्य समेत रहेकी साहले अध्यक्ष पदका उम्मेदवारहरुसंग छलफल भईरहेको र आजै नयाँ नेतृत्वको चयन हुने बताईन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका चारैजना उम्मेदवार मध्ये बिनोद साहको दावेदारी मजबुत रहेको एमाले बाराका नेताहरुले जनाएका छन् ।
तत्कालिन कलैया नगरपालिकाका उप–मेयर भईसकेका साह यस क्षेत्रमा चिनिएका नेता हुन् ।
बारा क्षेत्र नं. ३ बाट २०७० को संबिधानसभा सदस्यमा तथा २०७४ मा कलैया उपमहानगरपालिकाको मेयर पदमा झिनो मतान्तरले पराजित भएका साह अध्यक्ष केपि ओलिका विश्वाशपात्र समेत हुन् ।
बारा उधोग वाणिज्य संघको २ कार्यकाल अध्यक्ष भईसकेका साहलाई उपाध्यक्ष ईश्वर पोख्रेलको बलियो साँथ रहेको बुझिएको छ ।
पार्टीले केहि महिना अगाडी बारा जिल्ला अध्यक्ष तथा पदाधिकारी चयन गर्दा उनलाई उपाध्यक्ष बनाईएको थियो । अध्यक्ष पद मागिरहेका साहलाई उपाध्यक्ष बनाईएका साहले पद अस्विकार गर्ने बताएका थिए । तर पछि नेताहरुले जिल्ला अधिवेशनबाट अध्यक्ष बनाउने आस्वाशन दिएपछी उनि पार्टीमा सक्रिय भएका थिए ।
एमालेमा जिवनको ३० वर्षभन्दा बढि समय बिताईसकेको भन्दै साहले आफुलाई अध्यक्ष मुख्य दावेदारको रुपमा प्रस्तुत गरेको बताए ।
अध्यक्ष पदका अर्का दावेदार अध्यानन्द पाण्डेय एमाले बाराको सहसचिव भईसकेका व्यक्ति हुन । जिल्लामा सालिन स्वभावका नेता मानिने पाण्डेय २०७४ सालको आम निर्वाचनमा बारा क्षेत्र नं.३ बाट प्रतिनिधिसभा उम्मेदवार भएका थिए । तत्कालिन समाजवादी फोरमका उम्मेदवारसंग झिनो मतले पराजित पाण्डेयले आफुलाई अध्यक्षको उम्मेदवारको रुपमा प्रस्तुत गरेका हुन् ।
यता कलैया नगरपालिकाको मेयर भईसकेका सा रबिन्द्र दास श्रेष्ठले समेत अध्यक्षमा दावेदारी दिएका छन ।
त्यस्तै बारा क्षेत्र नं.४ बाट प्रतिनिधिसभा उम्मेदवार भई पराजित भएका देवनारायण चौधरीले फेरी एक पटक आफुलाई अध्यक्ष बनाउन माग गरिरहेका छन् ।