उत्तरको छिमेकी मुलुक चिन बिरुद्ध राजधानी काठमाडौंमा दिनहुँ प्रदर्शन भईरहेका छ ।
ड्रागन मुलुक मानिने चिनले आफ्नो बर्चस्व जमाउन नेपालमाथी अघोषित नाकाबन्दी लगाएको भन्दै प्रदर्शन भईरहेको हो ।
बुधवार मात्रै काठमाडौंमा दुई स्थानमा प्रदर्शन भएको हो ।
तातोपानी र केरुंग नाकामा अघोषित नाकाबन्दी गरेको तथा विभिन्न ठाउँमा नेपाली भुमी अतिक्रमण र नेपाली विधार्र्थीलाई स्वदेश फर्किन नदिएको विरोधमा काठमाडौं चीनविरुद्ध प्रदर्शन भएको हो ।
राष्ट्रिय एकता अभियान र स्वतन्त्र नागरिक समुहले चीनविरुद्ध माइतीघरमा प्रदर्शन गरेको हो । यसअघि राष्ट्रिय एकता अभियानले मंगलबार जनकपुरमा समेत चीनविरुद्ध प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा उनीहरुले नेपालका लागि चिनियाँ राजदुत होउ यान्छिको पुतला समेत दहन गरेका छन् ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले छिमेकी राष्ट्र चीनले नेपालमाथि अघोषित नाकाबन्दी गरेकोले त्यस बिरुद्ध प्रदर्शन गरेको बताए ।
उनले चीनले गरेको अघोषित नाकाबन्दीका कारण नेपालीहरु दिनप्रतिदिन समस्यामा पर्दै गएको बताए ।
यता मधेशी नागरिक समाजका संयोजक गणेश कुमार मण्डलले छिमेकी राष्ट्र चीनले नेपालको राजनीतिमा खुल्ला हस्तक्षेप गरिरहेको बताएका छन ।
संयोजक मण्डलले चीनले नेपालमा आफ्नो प्रभुत्व जमाउनका लागि नेपालका कम्युनिष्ट पार्र्टीहरुलाई प्रशिक्षण दिइरहेका आरोप समेत लगाएका छन् ।
नेपालका लागि चिनियाँ राजदुत यान्छीले राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर प्रशिक्षण दिइरहेको बताए । एमसीसीको विरोध गराउन नेपालका कम्युनिष्ट नेताहरुलाई चीनले उचालेको आरोप समेत मण्डलले लगाएका छन् ।