नबिल बैंक र नेपाल बंगलादेशबैंकबीच एक आपसमा गाभिने प्रारम्भिक सहमति भएको छ । बिहीबार साँझ दुई बैंकबीच गाभिने सहमतिमा सम्झौता भएको हो ।
दुवै बैंकविच संयुक्त मर्जर (एक्विजिसन) सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम बिहीबार सम्झौता भएको हो ।
एक्विजिसन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि नबिलको नेपाल बंगलादेश बैंकको तर्फबाट सञ्चालक मोहम्मद शाल आलम, सञ्चालक इन्द्रबहादुर थापा, सञ्चालक अमन शाह र सदस्य सचिवमा नबिल बैकका प्रमुख वित्त अधिकृत मनोज ज्ञवाली रहने गरी संयुक्त मर्जर कमिटि गठन गरिएको थियो ।
सम्झौतापत्रमा नबील बैंकको तर्फबाट उपाध्यायले हस्ताक्षर गरेका छन् भने एनबीको तर्फबाट थापाले हस्ताक्षर गरेका छन् । बैंकले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् ।