निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ ।
राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आयोगले बोलाएको सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा छलफल हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दलका नेता सहभागी छन् ।
बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी, नेपाली कांग्रेसबाट रमेश लेखकलगायत नेताहरू, नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेताहरू, नेपाल मजदुर किसान पार्टीको प्रतिनिध्व गर्दै प्रेम सुवाल, नेपाली जनता दलबाट हरिचरण साह, नेपाल संघीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत नेताहरू आयोग पुगेका छन् ।