एमाले कञ्चनपुरको अध्यक्ष पदका उम्मेदवार बीर बहादुर थापा ‘पातल’ले पूर्व माओवादी र १० बुँदेविरुद्ध मुर्दावादका नारा लगाइनु चिन्ताको विषय भएको बताएका छन् ।
कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्टसँग पराजित भएपछि पातलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एमालेमै रहेर जित हारमा पूर्व माओवादी र १० बुँदेहरुकाविरुद्ध मुर्दावादको नारा लगाइनु चिन्ताको विषय भएको बताएका हुन् ।
८औं जिल्ला अधिवेशन सम्पन्नसँगै विभिन्न टीका टिप्पणी भैरहेको भन्दै उनले भनेका छन्, ‘पार्टी एमाले नै हो भन्ने बुझ्न जरुरी हुन्छ । आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको यो पहिलो पटक पनि होइन र प्रतिस्पर्धाले अर्को पार्टी लाई जिताएको हराएको पनि होइन । एमालेकै नेता कार्यक्रर्तानै जितेका हुन् । यसमा हामी स्पष्ट हुनै पर्दछ ।’
विरोधी पाटीका मान्छे हरुले यहि समयमा कसरी विभाजन ल्याउन सकिन्छ भने आक्रमण गरिरहेको र त्यसलाई गम्भीर रुपमा लिन जरुरी रहेको उल्लेख गरेका छन् ।
‘अझ माओवादी का खास गरि २०६४/६५ पछि अवसरका लागि आफूलाई जनयुद्धका हिमायती ठान्ने कमरेडहरुको ममाथिको आक्रमण लाई गम्भीर रुप मा लिन जरुरी छ’, उनले स्टाटसमा अगाडि लेखेका छन्, ‘अझ यो भन्दा बढी गम्भीर त एमालेमै रहेर जित हारमा पूर्व माओवादी र १० बुँदेहरुकाविरुद्ध जसरी मुर्दावादका नारा लगाइयो चिन्ताको विषय हुन सक्छ ।’
मात्तिने र आत्तिने प्रवृति रोक्नुपर्ने र चुनौतीका पहाड भत्काएर समाजबादको बस्ती बसाउन बाँकी रहेको उनले बताएका छन् ।
उनले चुनावमा पराजयहरूले आत्मसमिक्षा गर्न जरुरी रहेको भन्दै अगाडि भनेका छन्, ‘कार्यकर्ता माझ अझैं रुझेका रहेनछौं । विश्वास जित्न अझैं सकेनौं कि ? यी तमाम खालका विषयहरुमा सहि र वस्तुनिष्ठ समीक्षा गर्दै आन्तरिक संघर्ष गर्दै जान हामी तया र हुनै पर्दछ ।’
पातलले विरोधीलाई एकताबद्ध एमाले भएर जवाफ दिन सक्ने पार्टी निर्माणमा सबैले योगदान गर्ने प्रण गर्नुपर्नेमा जोड दिएका छन् ।