नेकपा एमाले बाराको जिल्ला अधिवेशन बिहिवार नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
सर्वसम्मतिबाट चयन गरिएको जिल्ला कमिटिमा केन्द्र स्तरका नेताहरुको परिवारवाद हावी देखिएको छ ।
पाँच सदसिय पदाधिकारीमा दुई केन्द्रिय नेताले आफ्ना श्रीमान तथा श्रीामतीलाई पदाधिकारी बनाएका छन् ।
अधिवेशनले जिल्ला अध्यक्षमा बिनोद साहलाई अध्यक्ष चयन गरेको छ, भने टिना शुवेदीलाई उपाध्यक्ष तथा अध्यानन्द पाण्डेयलाई सचिवमा चयन गरेको छ । त्यस्तै अमृत शर्मा बजगाई र भुलन चौधरीलाई उपसचिव चयन गरिएको नवनिर्वाचित अध्यक्ष साहले बताए ।
अचम्मको कुरा केहो भने उपाध्यक्षमा चुनिएकी शुवेदी एमाले पोलिटव्यरो सदस्य तथा प्रदेश २ का सह–ईन्चार्ज अच्युत मैनालीकी श्रीमती हुनुका साँथै काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाकी अधिकृत स्तरकी कर्मचारी समेत हुन् ।
बुढानिलकण्ठ नगरपालिकाको आन्तरीक लेखा परिक्षण अधिकृतको रुपमा कार्यरत शुवेदीले कलैयामा आफ्नै अडिट फर्म समेत सञ्चालन गरेकी छिन् ।
एमालेको जिल्लामा व्याप्त गुटहरुको भागवण्डाबाट नेता मैनालीको ठाडो दबावमा शुवेदीलाई उपाध्यक्ष बनाईएको स्थानिय नेताहरुको आरोप छ ।
जिल्लामा बस्दै नबस्ने सरकारी कर्मचारीलाई पार्टीको उपाध्यक्ष बनाईपछी कार्यकर्ताहरु निरास भएका छन् ।
एमाले अध्यक्ष केपि ओलिका निकट मानिएका मैनाली, ओली पहिलो पटक प्रधानमन्त्री हुँदा उनको जनसम्पर्क सल्लाहकार नियुक्त भएका थिए ।
प्रधानमन्त्रीको सचिवालयमै नियुक्ती पाएपछी पदको दुरुपयोग गर्दै मैनालीले हुँदै नभएको कानुन बनाए जिल्ला समन्वय समितिमा बारामा कार्यरत स्थानिय निकाय कर्मचारी रहेकी आफ्नी श्रीमती शुवेदीलाई काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा सरुवा गराएका थिए ।
यता उपसचिव बनाईएका अमृत शर्मा बजगाईं, माओवादीबाट एमाले छिरेकी पुर्वमन्त्री तथा हाल एमालेको पोलिटव्युरो सदस्य ज्वाला कुमारी साहका श्रीमान हुन् । साहले आफ्नो कोटाबाट बजगाईंलाई उपसचिव बनाएकी हुन् ।
राजनितिमा सक्रिय रहेका बजगाईंको बिरोध जिल्लामा नभएपनी उनिभन्दा सिनियर नेताहरुलाई पाखा लगाएर पदाधिकारी बनाईपछी प्रश्नहरु उठेका छन् ।