प्रदेशको नाम तथा स्थायी राजधानी चयन गर्ने विषयमा नेपाली काँग्रेसका प्रदेश सांसदहरुमै दुईधार देखिएको छ ।
काँग्रेसका विरगञ्ज क्षेत्रका प्रदेस सांसदहरुले प्रदेशको नाम ‘मधेश प्रदेश’ नै राख्नुपर्ने अडान लिएपछी पार्टीले प्रस्ताव गरेको ‘मिथिला भोजपुरा प्रदेश’ को प्रस्ताव तुहिने भएको हो ।
हिजो रौतहटको चन्द्रनिगाहपुरको एक होटलमा आयोजना गरिएको सांसदहरुको बैठकमा यस्तै प्रतिकृयाहरु आर्एपछी मधेश प्रदेश लगभग पक्कापक्की भएको बुझिएको छ ।
यसअघी प्रदेशसभामा जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रदेशको नाम मधेश प्रदेश र स्थायी राजधानी जनकपुर बनाउन प्रस्ताव पेश गरिसकेका छन् ।
प्रदेश सरकारमा मन्त्री समेत रहेका काँग्रेस प्रदेश सांसद ओमप्रकाश शर्माले आयोजना गरेको पर्सा, बारा, रौतहट तथा सर्लाही जिल्लाका सांसदहरुको भेलामा प्रदेशको नाम मधेश प्रदेश र राजधानी विरगञ्ज बनाउन प्रस्ताव गरिएकको थियो ।
प्रदेशसभामा नाम र स्थायी राजधानीका लागि हुने भोटिंगमा पार्टीको ह्पि नलाग्ने भएको हुनाले ४ जिल्लाका सांसद विरगञ्ज राजधानीका लागि सहमत भए फ्लोर क्रस गरेर भएपनी मधेश प्रदेशको पक्षमा भोट गर्न आफुहरु तयार रहेका काँग्रेस पर्साका सांसदहरुले प्रस्ताव राखेको हाम्रो श्रोतले जनाएको छ ।
प्रदेशसभाको जारी ८ औ अधिवेशनबाटै नाम तथा स्थायी राजधानीको टुंगो लगाउन दलहरु प्रतिबद्ध रहेको भएतापनी काँग्रस, एमाले ता नेकपा (एस) ले अलग नाम प्रस्ताव गरेपछी भोटिंग प्रकृयाबाट समेट टुंगोमा पुग्ने अवस्था देखिदैन ।
नाम र राजधानीको लागि ७० प्रदेशसभा सदस्यको बहुमत चाहिने भएकोमा मधेश प्रदेशको पक्षमा रहेका जसपा, लोसपा र माओवादीको ६३ सदस्य छन् ।
२२ सदस्य भएको काँग्रेसका ७ सदस्यले फ्लोर क्रस गरेको खण्डमा बहुमत जुट्ने देखिन्छ । यथापी स्थायी राजधानीको भने टुंगो अहिसम्म लाग्न सकेको छैन् ।
प्रदेशसभामा काँग्रेस सांसद शिवचन्द चौधरी तथा मन्त्री रामसरोज यादव मधेश प्रदेशको कट्टर बिरोधीको रुपमा आफुलाई अभाएका छन् ।