नेपालका लागि अष्ट्रेलिया कि राजदुत फेलोसिटि भोल्कले गृहमन्त्री बालकृण खाँणसंग शिष्टाचार भेटघाट गरेकी छिन् ।
आज गृह मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको सहयोग सम्बन्धमा कुराकानी भएको गृहमन्त्री श्रोतले जनाएको छ ।
कोरोना माहामारीको तेश्रो लहर बढिरहेको अवस्थामा अष्ट्रेलिया सरकारले नेपाललाई गर्नसक्ने सहयोगको बारेमा समेत चर्चा भएको श्रोतले जनायो ।