जनमत पार्टीको पुर्व निर्धारित कार्यक्रम अनुसार आज प्रदेश २ का सबै जिल्ला लगायत मधेशभरी किसान महार्याली निकालिएको छ ।
किसान आन्दोलन गरिरहेको जनमत पार्टीले अध्यक्ष डा.सिके राउतको निर्देशनमा महार्याली निकालेको हो ।
महार्यालीमा प्रदेश २ का नागरिकहरुको ठुलो सहभागिता रहेको छ ।
प्रदेश २ को सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा बारा सहित मोरंग, कपिलबस्तु, रुपन्देही, कैलालि लगायतका जिल्लाहरुमा समेत महार्याली निकालिएको जनमत पार्टीले जनाएको छ ।
किसानहरुलाई सहुलियत रुपमा मलखाद्द तथा बिउबिजनको व्यवस्था लगायत १२ सुत्रिय माग राखी आन्दोलन गरिरहेको जनमतले सरकारलाई दबाव दिन किसान महार्याली निकालेको पार्टीका महासचिव चन्दन सिंहले जनाए ।
पार्टीका विभिन्न नेताहरुलाई जिल्ला–जिल्लामा खटाएर महार्याली सफल बनाउन आग्रह गरिएको छ ।
अध्यक्ष डा.राउत भने सिराहाको महा¥यालीमा सहभागि भएका छन् । आफुहरुको माग सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् ।