लोक सेवा आयोगले लिने ५ संस्थाका परीक्षा स्थगित भएका छन् ।
आयोगले सूचना निकाल्दै राष्ट्रिय वाणिज्य बैंक, नेपाल राष्ट्र बैंक, नेपाल प्रहरी, नेपाल टेलिकम र नेपाल दुरसञ्चार प्राधिकरणका परीक्षा स्थगित भएको जनाएको छ ।
आयोगको सुरक्षा निकाय तथा संगठित संस्था महाशाखा, परीक्षा सञ्चालन शाखाले अदालतको अन्तरिम आदेशअनुसार परीक्षा स्थगित गर्नुपरेको जनाएको छ ।
अदालतमा मुद्दा परेका कारण यसअघि पनि विभिन्न परीक्षा स्थगित भएका छन् । जुन मुद्दाको सुनुवाईमा ढिलाई हुँदा आयोगले परीक्षा गर्न र नतिजा सार्वजनिक गर्न सकेको छैन ।