सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार ७३ जनाको पीसीआरमार्फत र ३१० जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
आज दुई हजार ३१ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएका ३८३ जनामध्ये भारतबाट स्वदेश फर्केका २६७ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका १८०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ८६, झुलाघाट नाकाबाट फर्केका १ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् ।
एक जनाको मृत्यु
प्रदेशमा सोहि अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलारी गाउँपालिका ७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।
सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ।