सरकार र मेडिकल कलेजका सञ्चालकबीच पाँच बुँदे निर्णय भएको छ । मेडिकल कलेजले लिइरहेको अतिरिक्त शुल्कका विषयमा विवाद समाधान गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको छलफलमा विभिन्न पाँच बुँदे निर्णय भएको हो।
शिक्षामन्त्री देवेन्द्र पौडेलसमेत सहभागी छलफलमा चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक एवम् विद्यार्थीहरूसमेतको सहभागिता रहेको छलफलले पाँच बुँदे निर्णय गरेको हो।
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका लागि भएको छलफलले आयोगले तोकेको भन्दा बढी शुल्क नलिने लगायतका निर्णय गरेको छ।