बढ्दो ओमिक्रोन भेरियन्टको कोभिड १९ रोकथामबारे प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञसँग छलफल गरेका छन् ।
कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।