चीनमा एमबीबीएस अध्ययन गर्ने विद्यार्थीहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको राजीनामा माग गरेका छन् । उनिहरुले आफुहरुको भविष्यमाथि खेलवाड गरेको भन्दै उपाध्यक्ष श्रीकृष्ण गिरीको राजीनामा सहित बिभिन्न माग अघि सारेका हुन् ।
पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले चिकित्सा शिक्षाको स्नातक तहमा चीनलगायतका मुलुकमा भर्ना भएका विद्यार्थीको हकमा बाँकी रहेको अध्ययन, प्रयोगात्मक अभ्यास र इन्टर्नशीप गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको थियो ।
तर, निर्णय भएको दुई हप्ता हुँदा पनि उक्त निर्णय कार्यान्वयन गर्न आयोगले लापरवाही र ढिलासुस्ती गरेको भन्दै चीनबाट एमबीबीएस अध्ययन गरेका २०१५ र १६ औँ ब्याचका विद्यार्थीहरुले माघ २ गते भोलीबाट आन्दोलनमा होमिने बताएका हुन् ।
तत्काल इन्टर्नशीपको व्यवस्था गरिदिन आयोगलाई आग्रह गगर्दा पनि सम्बन्धित निकायलाई पनि यस विषयमा गम्भीर नभनेको भन्दै बिभिन्न मागहरु राख्दै आन्दोलनमा उत्रिने एक विज्ञप्तीमार्फत चेतावनी दिएका हुन् ।
बढ्दो कोरोना महामारीको समयमा यथाशीघ्र अस्पतालहरूमा जनशक्तिको व्यवस्थापन गर्नुको सट्टा यस विषयमा कुनै सुनुवाई नभएको बताएका छन् ।
उनिहरुले सरकार आफुहरुको भविष्य प्रति सकारात्मक रहेपनि चिकित्सा शिक्षा आयोगले भने आफ्नो दादागिरी देखाएको आरोप लगाएका छन् । यस्तै उनिहरुले सम्भावित निषेधाज्ञालाई ध्यानमा राखी आफुहरुका मागहरु समाधान गर्न समेत माग गरेका छन् ।