प्रदेश २ को राजधानी विरगञ्जलाई बनाउन दबाव दिदै आएका बिरगञ्जबासिले आज मुख्यमन्त्री लालबाबु राउत गद्दीको घर अगाडि प्रदर्शन गरेका छन् ।
आज बिहान मुख्यमन्त्रीको गद्दीको विरगञ्ज महानगरपालिका वडा नम्बर १३ तेजारथटोल स्थित निजि निवास अगाडी विभिन्न नारा लगाउँदै उनिहरुले विरोध प्रदर्शन गरेका हुन् ।
मुख्यमन्त्री गद्दीले प्रदेश २ को राजधानीका लागि जनकपुरधामको पक्षमा मतदान गर्ने लबिंग गरेपछी आक्रोशित युवाहरुले प्रदर्शन गरेका हुन् ।
आफ्नो पद जोगाउन मुख्यमन्त्री गद्दीले विरगञ्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको आरोप छ । उनिहरुले विरगञ्जलाई राजधानी नबनाए कडा प्रतिकारमा उत्रले चेतावनी समेत दिएका छन् ।
प्रदेशसभामा आज प्रदेशको नाम तथा स्थायी राजधानी कायम गर्नकालागी मतदान प्रकृया अगाडी बढाईंदै छ ।
संघीयता स्थापनाका निम्ती भएको हरेक आन्दोलको केन्द्रबिन्दु विरगञ्जलाई बनाईएको भएतापनी राजधानी बनाउने बेला धोखा दिन लागिएको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।
आन्दोलनताका नेताहरुले प्रदेश स्थापना भएपछी विरगञ्जलाई राजधानी घोषणा गर्ने वाचा गरेको तर अहिले आएर धोखा दिनलागेको उनिहरुको भनाई छ ।
प्रदेश २ को राजधानीको लागि जनकपुरभन्दा विरगञ्ज हरेक प्रकारले उपयुक्त भएको र राजधानीका लागि हरेक संरचना उपलब्ध भएकोले विरगञ्जलाई नै राजधानी बनाउन मुख्यमन्त्री गद्दीले भुमिका नखेलेको उनिहरुको आरोप छ ।