विवेकशील–साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीका पुर्व संयोजक मिलन पाण्डे स्वास्थ्य लाभको कामना गरेका छन् ।
मिश्रलाई आज कोरोना संक्रमण पुष्टि भएपछि पाण्डेले सामाजिक सञ्जाल मार्फत स्वास्थ्य लाभको कामना गरेका हुन् ।
उनले हिँड्दै जाँदा राजनीतिक बुझाइ र बाटो फरक भए भएपनि व्यक्तिगत रूपमा भने आफुहरुको सम्बन्ध उस्तै रहेको स्पष्ट पारेका छन् ।
उनले भनेका छन्, 'रविन्द्र जी छिट्टै कोरोनालाई जित्नुहोस्। हिँड्दै जाँदा हाम्रा राजनीतिक बुझाइ फरक भए। बाटो फरक भए। संगठनिक रूपमा सङ्घर्ष जारी छ। तर, व्यक्तिगत रूपमा हाम्रो सम्बन्ध उस्तै छ। तपाईँलाई कोरोना सङ्क्रमण भएको खबरले दुःखित छु। छिटै निको हुनुहोस्। तपाईँलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना।'
विवेकशील साझा पार्टीले गत पुस ६ गते पार्टी संयोजक रहेका मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।