नेपालको फुटबल विकासका लागि साउदी अरवले सहयोग गर्ने भएको छ ।
नेपाली फुटबलको विभिन्न पक्षमा सहयोगसम्बन्धी सम्झौता पत्रमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा र साउदी अरव फुटबल फेडेरेसन (साफ) का अध्यक्ष यासेर अलमिसेहालले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार साउदी अरवले दुई बर्षसम्म नेपाली फुटबलमा सहयोग गर्नेछ । सम्झौतामा दुवै देशले फुटबल गतिविधिका लागि एक अर्कालाई आथित्यता प्रदान गर्ने, दुई देशबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आयोजना र विभिन्न उमेर समूह यू–१७, यू–२० र यू–२३ को प्रशिक्षणमा सहयोग आदानप्रदान, रेफ्री प्रशिक्षण, भीएआर प्रणाली, युवा फुटबल विकासका लागि विभिन्न कार्यशाला, बैठक र सेमिनार लगायत कार्यक्रम सहयोग हुने उल्लेख छ ।
एन्फा अध्यक्ष शेर्पा हाल साउदी अरबको भ्रमणमा छन् । शेर्पाले साउदीमा नेपाली फुटबलको विकासका लागि एसियाली फुटब महासंघ (एएफसी) का महासचिव दातो विन्डसर जोन र सहमहासचिव वाहिद कर्दनीसँग पनि भेटवार्ता गरेको एन्फाले जनाएको छ ।