नेकपा एमालेले २५ जनाभन्दा बढीको सहभागिता हुने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको छ ।
एमाले केन्द्रीय कार्यालयले आज आन्तरिक सर्कुलर जारी गर्दै कोभिड–१९ को बढ्दो संक्रमणलाई ध्यानमा राख्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढीको सहभागिता हुने सबै कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिएको हो ।
साथै, एमालेले सबै कमिटी, नेता–कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्न पनि निर्देशन दिएको छ ।