संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेमा कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ । सोमबार गरिएको कोरोना परीक्षणमा उनीहरू दुवैजनामा कोरोना संक्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
मन्त्री आलेसहित उनका स्वकीयसचिव हेमन्त रेग्मीमा सोमबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । पोजिटिभ देखिएकाहरूको अवस्था सामान्य रहेको र मन्त्री आलेसहित सबै होमआइसोलेसनमा रहेका बताइएको छ ।