प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा एपीएफले आर्मीलाई २३१ रनको बिशाल लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनायो ।
एपीएफका आशिफ शेखले ४३ बलमा ८४ रन, लोकेश बमले १८ बलमा ६६ रन र प्रदीप सिंह ऐरीले ५३ बलमा ५७ रन बनाए ।
बमले मात्र १४ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड कायम गरे ।
आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए ।
पहिलो समिफाइनल खेलमा बागमतीलाई हराउँदै नेपाल पुलिस क्लक फाइनल प्रवेश गरिसकेको छ ।