नेकपा एमालेको ६३ जिल्ला र दुई विशेष जिल्लामा नयाँ नेतृत्व चयन भएको छ ।
अधिवेशनबाट ६३ जिल्ला र दुई विशेष जिल्लामा नयाँ नेतृत्व चयन भएको एमालेले जनाएको छ ।
पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन बाँकी रहेको बताइएको छ ।
समथै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखेर तय गरिने एमालेले जनाएको छ ।
त्यस्तै, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने एमालेले जानकारी दिएको छ ।


