कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् ।
मंगलबार जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन पाउने बताइएको छ ।
त्यस्तै, धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाएएको छ ।
यसैगरी माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने निर्णय पनि तीनै प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।
त्यस्तै, मास्क नलगाउनेलाई सार्वजनिक यातायातमा प्रवेश निषेध गरिएको छ । साथै सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन ।
जारी आदेश आज मध्यरातदेखि अर्को सूचना जारी नभएसम्म लागू हुनेछन् ।