आर्म पुलिस फोर्स (एपीएफ) क्लब प्रधानमन्त्री कप राष्ट्रिय ट्वान्टी–२० प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ४८ रनले हराउँदै एपीएफ फाइनल प्रवेश गरेको हो ।
२३१ रनको विशाल लक्ष्यसहित मैदान उत्रिएको आर्मीले १८३ रन मात्रै बनाउन सक्यो ।
आर्मीका राजेश पुलामी मगरले ३८, भीम शार्कीले ३५, सुमित श्रेष्ठले २४, हरि चौहानले २२, साहव आलमले २१, विक्रम सोवले १४ र सुशान भारीले १२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।
एपीएफका शरद भेषाकरले ३, भुवन कार्की र अविनाश बोहराले २–२, दिपक बोहरा र किशोर महतोले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २३० रन बनायो ।
एपीएफका आशिफ शेखले ४३ बलमा ८४ रन, लोकेश बमले १८ बलमा ६६ रन र प्रदीप सिंह ऐरीले ५३ बलमा ५७ रन बनाए ।
बमले मात्र १४ बलमा अर्धशतक बनाउँदै नयाँ रेकर्ड कायम गरे ।
आर्मीका जितेन्द्र मुखिया र सुमित श्रेष्ठले एक–एक विकेट लिए ।
पहिलो समिफाइनल खेलमा बागमतीलाई हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरिसकेको छ ।
अब उपाधिका लागि बुधबार पुलिस र एफीएफ भिड्ने भएका छन् ।