सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले कोरोना महामारीको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सेवामा संकुच गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय गरेको छ ।
सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
यो निर्णय माघ ५ देखि १८ गतेसम्म सञ्चालन हुने सर्वोच्चद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यी हुन् निर्णयः