जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम मधेश प्रदेश राखेसँगै मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।
जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए ।
‘मधेशी भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब मधेश प्रदेशवाट पक्कै छुटकारा मिल्नेछ,’ उनले भने ।
सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित भउको हो । प्रदेश २ को नाम मधेश प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको थियो ।