राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना पुष्टि भएको छ ।
अध्यक्ष तिमिल्सिनालाई मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले विज्ञप्ति जारी गरेर जनाएको छ ।
सचिवालयका अनुसार कोरोनाको लक्षण देखिएपछि तीन दिनयता उनी घरमै आराम गरेर बसिरहेका थिए ।हाल अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।